NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ढुक्क भए हुन्छ, संसद्ले एमसिसी पारित गर्दैन : लीलामणि पोखरेल 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्ले पारित नगर्ने दाबी गरेका छन् । सर्लाहीको लालबन्दीमा आज आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । निर्मल लामा स्मृति प्रतिष्ठान भवनको शिलान्यासपछि कार्यकर्तालाई सम्बोधन गर्दै नेता पोखरेलले कुनै पनि हालतमा एमसिसी पास गर्न हुने स्पष्ट पारे । उनले कार्यकतालाई एमसिसी संसद्ले पारित नगर्नेमा ढुक्क रहन आग्रह गरे ।  परिमार्जन गरेर पनि एमसिसी पारित गर्न नहुने उनको तर्क छ ।   ‘मुख्य कुरा त एमसिसी परिमार्जन गर्न अमेरिका तयार नै छैन, दोस्रो कुरा– अमेरिका परिमार्जन गर्न तयार नै भएछ भने पनि नेपालले यसलाई पारित गर्नु हुँदैन । यो राष्ट्रघाती परियोजना हो ।’ कांग्रेस र एमालेलाई पनि एमसिसी पारित गर्न सजिलो नभएकाे उनको भनाइ थियो ।  

ताजा अपडेट

नेपालवाच विशेष