पोल सार्न घुस माग्ने विद्युत प्राधिकरणका कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडौं । स्थानीयले घर बनाउनका लागि ‘पोल सारी पाऊँ’ भनेर निवेदन लिएर जाँदा घुस माग्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । नियन्त्रणमा पर्नेमा नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सब–स्टेसन पाटन ललितपुरका सब स्टेसन प्रमुख सोमप्रसाद पहाडी हुन् । गोदावारी नगरपालिका वडा नं १ स्थित दमाइँटारका स्थानीयले आफ्नो निजी जग्गामा प्राधिकरणले गाडेको पोल सारिदिन निवेदन दिएका थिए । तर, पहाडीले सो काम गरिदिनका लागि एक लाख ४० हजार रूपैँया घुस माग गरे । सोही सूचनाका आधारमा आयोगले उनलाई घुस रकमसहित प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सब स्टेसन पाटनको कार्यालयबाट नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया