NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

सन्दीप निरन्तर लयमा : आज पनि लिए दुई विकेट 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास टि–ट्वान्टी क्रिकेट लिगमा केही समययता निरन्तर लयमा देखिएका छन् । होबर्ट हुरिकेन्सबाट खेलिरहेका सन्दीपले सिड्नी थन्डरविरुद्ध आज पनि दुई विकेट लिएका छन् ।  सन्दीपले दुई विकेट लिएपछि हुरिकेन्सले सिड्नीलाई नौ रनले हराएको छ । सन्दीपले चार ओभरमा २६ रन खर्चिएर दिएर दुई विकेट विकेट लिएका हुन् ।  सन्दीपले जारी प्रतियोगितामा १२ खेलबाट १२ विकेट लिइसकेका छन् ।  सन्दीप पछिल्ला चार–पाँच खेलयता निरन्तर लयमा छन् । सुरुवाती खेलमा भने उनले फितलो प्रदर्शन गरेका थिए ।    

ताजा अपडेट

नेपालवाच विशेष