NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

प्रचण्डले दिएको रिट निवेदन पुनः संयुक्त इजलासमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको आदेश खारेज गर्न दिएको निवेदन फेरि संयुक्त इजलासमा पुगेको छ । माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि अन्य दलमा गएपछि भएपछि पार्टीले कारवाही गरेको थियो । यो कारवाहीलाई निर्वाचन आयोगले पनि सदर गरेको थियो । आयोगले जनप्रतिनिधिहरूको जिम्मेवारी नै खोसिदिएको थियो ।  तर, सर्वोच्चले भने यसको विपरीत आदेश दिएको थियो । जनप्रतिनिधिले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनीहरूलाई कामकाज गर्नबाट रोक्न नमिल्ने अन्तरिम आदेश जारी भएको थियो । त्यसपछि पुनः माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘पार्टीले गरेको कारवाही सदर गरि पाऊँ’ भनि सर्वोच्चमाा रिट दायर गरेका थिए । उक्त रिट निवेदन फेरि संयुक्त इजलासमा आएको हो । संयुक्त इजलासले यसअघि उक्त रिट निवे ‘पूर्ण इजलास’मा पठाएको थियो । त्यसमाथि प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलासमा पठाएको हो ।   

ताजा अपडेट

नेपालवाच विशेष