NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

नुवाकोटको ऐतिहासिक गोरु जुधाइ प्रतियोगिता स्थगित  

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा प्रत्येक वर्ष हुने गोरु जुधाउने प्रतियोगिता स्थगित भएको छ । कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको माघे सक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक पर्व गोरु जुधाइ कार्यक्रम स्थगित गर्नुपरेकोमा किसानहरूसँग माफीसमेत मागेका छन् । फैंलदो कोरोना महामारीलाई मधयनजर गर्दै तथा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयलाई मान्दै आफूहरूले यस्तो निर्णय गर्नुपरेको उनले बताएका छन् ।  गोरु जुधाइ प्रतियोगिता हरेक वर्ष माघ १ गते हुने गरेको थियो ।  

ताजा अपडेट

नेपालवाच विशेष