NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

पूर्णचन्द्रका रक्षाकवच पौड्याल प्रवक्ताबाट बिदा 

काठमाडौं – सहायक रथी सन्तोषवल्लभ पौड्याल नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीबाट अलग भएका छन् ।  पौड्याललाई पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रवक्ताको जिम्मेवारीमा ल्याएका थिए। नयाँ प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त भएको चार महिनापछि उनलाई बिदा गरेर नयाँ प्रवक्ता ल्याइएको हो।  आजदेखि सेनाको प्रवक्ताको भूमिका सहायक रथी नारायण सिलवालले निर्वाह गर्नेछन् ।    पौड्यालले बिहीबार सेनाको औपचारिक ट्वीटर ह्याण्डलमा पोस्ट गर्दै सिलवाललाई औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरेको बताएका छन् ।  ‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी नारायण सिलवाललाई हस्तान्तरण गरेको छु। मेरो कार्यकालमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। साथै नवनियुक्त प्रवक्तालाई पनि यहाँहरूबाट मलाईजस्तै सहयोग हुने नै छ भन्ने विश्वास गर्दछु,’ उनले लेखेका छन् ।  सेनाभित्र पौड्याकाे छवि व्यावसायिक अधिकृतका रूपमा छ । सतही ढंगले हेर्दा त्यस्तै लाग्छ। तर प्रवक्ताको रूपमा तत्कालीन प्रधानसेनापतिको बचाउमा आफ्नो छवि बिगार्ने गरी लागेको आरोप उनीमाथि छ। थापा घर जाने पूर्वसन्ध्यामा सेनाका समाचार रोक्न उनले टेलिफोन गरेरै सुरक्षा समाचारदातालाई आग्रह गर्ने गरेका थिए।  सैनिक संगठनलाई नै बदनाम गर्ने कतिपय घटना पूर्णचन्द्रको कार्यकालमा भए । तल्ला तहका अधिकृत उपल्लो तहबाट उत्तिकै थिचोमिचोमा पर्ने सिलसिला पनि यो अवधिमा जारी नै रह्यो । यस्ता विषयमा पनि गलत रिपोर्टिङ गरेको आरोप उनीमाथि छ । 

ताजा अपडेट

नेपालवाच विशेष