NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

नेपाली श्रमिकलाई दूतावासको आग्रह, ‘समाजसेवी भनिने ठगबाट बच’

काठमाडौं । त्यहाँ रहेका नेपाली श्रमिकहरूलाई साउदी अरेबियास्थित नेपाली राजदूतावासले ठगहरूबाट बच्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै दूतावासले यस्तो अनुरोध गरेको हो । आफूलाई समाजसेवी र विभिन्न संस्थामा आबद्ध भनिएकाहरूबाटै ठगी हुने गरेकाले दूतावासले सचेत रहन सबै नेपाली श्रमिकलाई आग्रह गरेको छ ।  ‘आफूलाई समाजसेवी भन्न रुचाउने र विभिन्न संघ–संस्थामा आबद्द भनिएकाहरूबाटै विभिन्न प्रकारको ठगी भएको पाइएको छ’ विज्ञप्तिमा भनिएको छ । 

ताजा अपडेट

नेपालवाच विशेष