NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ग्यासको मूल्य वृद्धिको विरुद्ध लेबनानका राजमार्ग अवरुद्ध

लेबनानमा ग्यासको मूल्य वृद्धिको विरुद्धमा मुख्य राजमार्गहरूमा यातायात सेवा अवरुद्ध गरिएको छ ।  ट्याक्सी र मिनि बसका चालकहरूले राजधानी बेरुत र महत्वपूर्ण सहरहरूमा आवतजावत गर्ने मुख्य राजमार्गहरू अवरुद्ध गरेका हुन् ।  ग्यासको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रको समेत महङ्गी बढेकाले मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ । साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुन नसकेकाले सरकारले अर्थतन्त्र सुधारका कार्यक्रमहरू ल्याउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् ।   पटकपटक विभिन्न आन्दोलन गर्दै आइरहेका ट्याक्सी तथा मिनि बस चालकहरूले स्थानीय समयअनुसार विहान ५ बजेदेखि बिहान १० बजेसम्म देशभरका मुख्यमुख्य सडकहरूमा यातायात अवरुद्ध गरेका थिए ।   

ताजा अपडेट

नेपालवाच विशेष