NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

मौसम : पहाडमा बदली, तराईमा हुस्सु, भोलि पानी पर्ने 

काठमाडौं । शुक्रबार पनि देशभरको मौसममा बदली आउने भएको छ ।  पश्चिमी वायुको प्रभाव यथावत् रहेकाले केही दिन वर्षा, हिमपात यथावत् रहने मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार, शुक्रबार बिहान देशभरका पहाडी भूभागमा बदली भएको छ ।  पश्चिम तथा मध्य तराईका केही स्थानमा भने हुस्सु र कुहिरो छ ।   दिउँसो प्रदेश १ का पहाडी  भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना औंल्याइएको छ ।  महाशाखाका अनुसार, शनिबार तीन प्रदेश वाग्मती, गण्डकी र प्रदेश १ का केही भागमा हल्का वर्षा हुने खतरा छ ।   

ताजा अपडेट

नेपालवाच विशेष