NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

स्टिकर छाप्ने जनार्दनको निर्देशन : नजन्मिएको छोरालाई काम अह्राएजस्तो 

काठमाडौं । काभ्रेको पनौतीस्थित आइटी पार्कमा सुरक्षण मुद्रण प्रिन्टिङ प्रेस स्थापना हुँदैछ । अहिले यसको जडान कार्य धमाधम भइरहेको छ ।  अर्थ मन्त्रालय स्राेतका अनुसार, प्रेस तम्तयार हुन अझै केही महिना लाग्छ ।  अर्थमन्त्री जनार्दन शर्मा बिहीबार त्यही प्रेस जडान कार्यको निरीक्षण गर्न पनौती पुगे ।  पनौती पुगेका अर्थमन्त्रीले जडान कार्य छिटो सक्न निर्देशन दिए भन्ने अनुमान तपाईंको हुनसक्छ । हुनुपर्ने पनि यस्तै हो । तर उनले जडान नै नभएको मेसिनबाट अन्तः शुल्क स्टिकर छाप्ने निर्देशन दिन भ्याए ।  ‘अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै छापेर उपलब्ध गराउनुस्,’ अर्थमन्त्रीले कर्मचारीलाई निर्देशन दिँदै भने ।  उनले अगाडि थपे, ‘हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदोरहेछ । त्यो तीन अर्ब स्टिकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, अर्थ मन्त्रालयलाई आवश्यक पर्ने स्टिकर तत्काल उपलब्ध गराउनुहोस् ।’ शिथिल अर्थतन्त्रलाई त्राण दिनेतर्फ ठोस कदम नचालेको आरोप खेपिरहेका शर्माले यस्तो सस्तो लोकप्रियताका निम्ति निर्देशन दिएपछि कर्मचारीले भने मुखामुख गरेका थिए ।   उनले अझै अगाडि बढेर एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टिकर छाप्न सक्नेगरी व्यवस्था गर्न निर्देशन दिए ।  जडान हुँदै गरेका अत्याधुनिक मेसिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको बताउँदै उनले यसको ठूलो बजारसमेत रहेको उल्लेख गरे । उनले बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसले पाउनसक्ने बताए ।  आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको स्पष्ट पार्दै मन्त्री शर्माले यसका लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए ।  ‘धेरै ठूलो व्यापार यसले गर्नसक्ने भएकाले यसमा लगानी भनेको नाफाका लागि हो,’ उनले भने, ‘यहाँ मैले घाटा देखिनँ । नाफा मात्रै हुने ठाउँमा लगानी गर्न सरकारले पनि हिच्किचाउनुपर्छ जस्तो मलाई लाग्दैन ।’   उनले नेपालमा कुनै पनि हालतमा चोरी नहुने तथा नक्कली स्टिकर बनाउन नमिल्ने स्तरको सुरक्षित स्टिकर छाप्नुपर्ने आवश्यकता औँल्याउँदै अब सुरक्षण मुद्रण केन्द्रले सो परिपूर्ति गर्नेमा विश्वास व्यक्त गरे ।  त्यसो त, के बोल्ने र के गर्ने भनेर ठेगान नपाउने शर्मा एक्ला नेता होइनन् । मञ्चको सदुपयोगभन्दा दुरूपयोग गर्नेको संख्या बढी छ ।   

ताजा अपडेट

नेपालवाच विशेष