अस्ट्रेलियामा अब स्टुडेन्ट भिसामा गएकालाई जति पनि काम गर्न दिइने

काठमाडौं । कोरोनाका कारण कामदार अभाव हुँदै गएपछि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लगाइएको काम गर्ने समयको प्रतिबन्ध हटाएको छ । बुधबार सरकारले गरेको निर्णय अनुसार विद्यार्थी भिसामा रहेकाहरूले अब जति घण्टा काम गरे पनि हुने भएको हो । प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन्, ‘विद्यार्थी भिसावालामाथी लगाएको २० घण्टे कामको प्रतिबन्ध सरकारले हटाएको छ ।’ यो निर्णयसँगै अब विद्यार्थी भिसावालाले अष्ट्रेलियामा हप्ताको २० घण्टाभन्दा बढी समय काम गर्न पाउने भएका छन् । यसअघि सरकारले स्वास्थ्य, एजकेयर, कृषि, सुपर मार्केट र होटल तथा रेष्टुरेन्ट क्षेत्रमा मात्र विद्यार्थीको काम गर्ने समय सीमा हटाएको थियो । कोभिडको समयलाई ध्यान राखेर गरिएको यो निर्णय सधैको लागि भने होइन । अवस्था समान्य हुदै गएपछि विद्यार्थीका लागि यसअघिकै काम सम्बन्धी प्रतिबन्धहरू पुनः लागू हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया