NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  कोरोना संक्रमित भएको जानकारी उनी आफैँले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।  पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफू केही दिन आइसोलेसनमा बस्ने जानकारी दिँदै दिएका छन् ।  ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले फेसबुकमा लेखेका छन् ।