NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

स्पेनिस सुपर कपको उपाधिका लागि रियल र बिल्बाओ भिड्ने

काठमाडौ । स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिड र एट्लेटिको बिलबाओ भिड्ने भएका छन् । गएराति भएको दोस्रो सेमिफाइनलमा ला–लिगा च्याम्पियन एट्लेटिको मड्रिडलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरसँगै बिल्बाओले रियलसँगको उपाधि भिडन्त सुनिश्चित गरेको हो ।  उपाधिका लागि बिलबाओले अब आइतबार हुने फाइनलमा रियल मड्रिडको सामना गर्नेछ ।  रियलले बुधबार राति भएको पहिलो सेमिफाइनलमा बार्सिलोनालाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेल साउदी अरेबियाको रियादस्थित किंग फायद रंगशालामा हुनेछ । केही वर्षयता स्पेनिस सुपर कप स्पेनबाहिर भइरहेको छ । यो वर्ष साउदी अरेबियामा भइरहेको छ । स्पेनिस सुपर कपमा चार टोली छन् जसमा ला–लिगा विजेता र उपविजेता एट्लेटिको र रियल तथा कोपा डेल रे विजेता र उपविजेता बार्सिलोना र बिल्बाओ छन् ।   

ताजा अपडेट

नेपालवाच विशेष