सरकारलाई माघ पहिलो सातासम्म स्थानीय निर्वाचनको मिति घोषणा गर्न आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचनको मिति माघको पहिलो सातासम्म घोषणा गरिसक्न सुझाव दिएको छ । आयोगको कार्यालय कान्तिपथमा भएको सर्वदीय बैठकमा आयोगले चुनाव तयारीका लागि समयावधि घर्किँदै गएकाले माघ पहिलो साताभित्रै निर्वाचनको मिति घोषणा गर्न सरकारसँग अनुरोध गरिएको हो । यस्तै, आयोगले निर्वाचनका विषयमा दलहलाई जानकारी गराएको छ । राष्ट्रिय सभा निर्वाचनको तयारी, स्थानीय तहको निर्वाचनबारे दलहरुको तयारी विषयमा छलफल भएको छ । साथै दलहरु निर्वाचनबारे सकारात्मक रहेको आयोगले जनाएको छ । आयोगले संविधान अनुसार स्थानीय तहको निर्वाचन घोषणा भएको मितिदेखि नै कार्यकाल सुरु हुने संवैधानिक प्रावधानबारे दलहरुलाई जानकारी गराएको छ । संविधानमा तोकिएको मितिमा चुनाव गर्नका लागि माघ पहिलो सातामै निर्वाचनको मिति घोषणा गर्नुपर्ने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई सुझाव दिएका छन् ।
प्रतिक्रिया