NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देही । भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक बस्यालको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।  

ताजा अपडेट

नेपालवाच विशेष