बढे ८ लाख ४८ हजार मतदाता

काठमाडौं । निर्वाचन आयोगका अनुसार देशभर ८ लाख ४८ हजार मतदाता बढेका छन् । आयोगले सञ्चालन गरेको एक महिने अभियानका क्रममा ८ लाख ४८ हजार मतदाता थपिएका छन् । शुक्रबार भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले दलहरूलाई बढेका मतदाताबारे जानकारी गराएको छ । साथै निर्वाचनको तयारीबारे पनि जानकारी दिएको छ । राष्ट्रियसभा, स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनका विषयमा संविधानमा उल्लेखित ऐनबारे प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलका प्रतिनिधिलाई जानकारी गराएका छन् । सोही अवसरमा संविधानले निर्वाचनको मिति घोषणा भएको मितिको पाँच दिनपछिबाट कार्यकाल सुरु भएको मान्ने भएकाले आगामी वैशाखतिरै स्थानीय तहको निर्वाचन हुनुपर्ने थपलियाले बताएका छन् । आयुक्त थपलियाको प्रस्तावमा राजनीतिक दलका प्रतिनिधि सकारात्मक देखिएको आयोगले जनाएको छ । संविधानले नै स्पष्ट तोकेकाले त्यसमा अल्मिलिन नहुने आयोगको भनाइ छ ।
प्रतिक्रिया