प्रधानमन्त्री निवासमा पुगेर कोरोना नियन्त्रणका लागि एमालेले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण गराएको छ । शनिबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएका छन् । एमाले संसदीय दलका नेता सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले प्रधानमन्त्रीको सरकारीनिवासमै गएर सरकारको ध्यानाकर्षण गराएका हुन् । कोरोनाको ओमिक्रोन भेरियन्टबाट नागरिक आतंकित भइरहेका बेला सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कुनै उल्लेख्य पहल नगरेको एमालेको आरोप छ ।
प्रतिक्रिया