NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

कोरोना संक्रमणको आशंकामा पुलिस र प्रदेश १ बीचको खेल स्थगित 

काठमाडौं । खेलाडीमाथि कोरोना भाइरसको संक्रमण भएको आशंकामा प्रधानमन्त्री कप पुरुष टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको छ ।  समूह ए अन्तर्गत पुलिस र प्रदेश१ बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट क्रिकेट मैदानमा शनिबार बिहान शुरु हुने तालिका थियो । तर, प्रदेश १ टिमका खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि यो खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।  क्यानका अनुसार अब खेलाडी टिम व्यवस्थापनका सदस्यको कोरोना संक्रमण परीक्षणपछि मात्र खेलबारे निर्णय हुनेछ । पुलिस समूह ए मा लगातार तीन खेल जित्दै विजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । दुई खेल खेलेको प्रदेश १ ले भने १ अंक मात्र जोडेको छ ।  सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न प्रदेश १ ले अब खेल्न बाँकी दुबै खेल फराकिलो अन्तरले जित्नुपर्ने आवश्यकता छ । शनिबारै हुने तय भएको बागमती र गण्डकीबीचको दोस्रो खेल भने निर्धारित समयमा हुने क्यानले जनाएको छ ।