NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गोरखाबाट प्रचण्डविरुद्ध चुनाव लड्ने कांग्रेस नेतृ भट्टको घोषणा

काठमाडौं । कांग्रेस नेतृ डा. माधवी भट्ट पराजुलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहार(प्रचण्ड) विरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

भट्टले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो उम्मेदवारी घोषणा गर्दै लेखेकी छन्, ‘प्रचण्डविरुद्ध मेरो उम्मेदवारी !! गोर्खाले मलाई न्याय गर्नेछ।’ पनि प्रचण्ड यसपटक चितवन ३ छोडेर गोरखा क्षेत्र नंबर २ बाट प्रतिनिधि सभा उम्मेदवार बन्ने भएका छन् ।

योसँगै उनले आफूले गोरखाकोे विकास निर्माण द्वन्द्वकालिन अपराधका विषयलाई मुद्दा बनाउने बताएकी छिन् । गोरखा क्षेत्र नं २ आफ्नो जन्मस्थानमात्रै नभएर त्यहाँ नेपाली कांग्रेस पार्टी निर्माणमा आफ्ना स्वर्गीय बुबा रोहिणी भट्टको २००४ साल देखिको त्याग रहेको उनले उल्लेख गरेकी छिन् ।

भट्ट सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्यसमेत रहिसकेकी छिन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष