आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्प्सन

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुगेका छन् ।
यसअघिका राजदूत -याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि राजदूत थम्प्सन नेपाल आइपुगेका हुन् ।
राजदूत थम्प्सनले परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिसन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
प्रतिक्रिया