NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ४ दिन बिदा दिने भएको छ । निर्वाचनमा सबैको सहभागिता सुनिश्चितता गर्न सरकारले मंसिर २, ३, ४ र ५ गते बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार, शिक्षण संस्थाहरू मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द गर्ने निर्णय भएको छ । सरकारी कार्यालय र सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई भने मंसिर ४ र ५ गते दुई दिन मात्र बिदा दिइएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयमा मंसिर २, ३ र ४ र ५ गते तथा सरकारी कार्यालय र संघ संस्थानलाई मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

सरकारले यसअघि मंसिर ४ गते मात्र बिदा दिने निर्णय गरेकोमा निर्वाचन आयोगले मंसिर २, ३ र ५ गते पनि बिदा दिन सिफारिस गरेको थियो । आयोगको यही सिफारिसको आधारमा सरकारले थप ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष