NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

भीआईपी कक्षमा देउवा र प्रचण्डलाई सुरक्षा दिइरहेका प्रहरीको मृत्यु

काठमाडौं । नेपाल प्रहरीका एक वरिष्ठ सईको ड्युटीको क्रममा मृत्यु भएको छ । नेपालगञ्ज विमानस्थल सुरक्षा गणका इञ्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक प्रेम भण्डारीको मृत्यु भएको हो ।

भण्डारी मंगलबार नेपालगञ्ज विमानस्थलको भिआइपी कक्षमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुरक्षा दिइरहेका थिए । त्यहीक्रममा उनी एक्कासि ढले । जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत एसपी श्यामकृष्ण अधिकारीका अनुसार, उनलाई तत्काल अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषणा गरे ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित अधिकारीको मृत्यु हृदयघातका कारण भएको पाइएको छ ।

भण्डारी बैतडीका हुन् । उनको शव अहिले नेपालगञ्ज नर्सिङ होममा राखिएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष