एक्कासि बेहोस भएर ढलेका वडाध्यक्ष बिते

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–६, गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गएराति निधन भएको छ ।
बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासि बेहोस भएर ढलेका थिए । लगत्तै उपचारका लागि उनलाई अस्पताल लगिएकोमा बाटोमै निधन भएको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए ।
जिल्ला अस्पतालका डा सोहन शाहले वडाध्यक्ष जोशीको मृत्युको कारण हृदयघात भएको बताए ।
जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया