NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक

काठमाडौं । जापानबाट राजनीति,आर्थिक विकास र समृद्धिका धेरै कुरा सिक्नु पर्ने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।

जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल (जुवान) ले आज यहाँ आयोजना गरेको ‘जापान : विगत, वर्तमान र भविष्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने कुरामा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका लागि बौद्धिक जगतको भूमिका महत्वपूर्ण हुने बताए । नेपालमा लामो सङ्घर्षपछि प्राप्त उपलब्धिमाथि अहिलेको निर्वाचनको नतिजाले केही खतरा रहेको सङ्केत देखिएको उनको भनाइ छ ।