माल्दिभ्सको आगामी राष्ट्रपतिका लागि सोलिहले जिते पार्टीको प्राथमिक चुनाव
काठमाडौं (एजेन्सी) । माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले आफ्नो पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीका लागि भएको प्रारम्भिक चुनावमा जित हासिल गरेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपतिले पदमा रहँदा अर्को उम्मेदवारका लागि प्राइमरी चुनाव लड्नु परेको यो पहिलो पटक हो।
माल्दिभियन डेमोक्र्याटिक पार्टीले सोलिहले २४ हजार ५६६ अर्थात् ६१ प्रतिशत मत हासिल गर्दा नसिद १५ हजार ६४१ मतले पराजित भएको जनाएको छ ।
दुवैले पछिल्लो एक महिनामा देशका विभिन्न भागमा चुनावी अभियान र भ्रमण गरेका थिए ।
पार्टीका ४० हजारभन्दा बढी सदस्यले मतदान गरेको पार्टीले जनाएको छ ।
प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति मोहम्मद नसिदले पार्टीले जारी गरेको नतिजा अस्वीकार गरेका छन् । उनको अभियानमा संलग्न एक अधिकारीले रोयटर्सलाई शनिबारको नतिजाहरूमाथि प्रश्न रहेको बताएका छन् । योग्य मतदाता र मतदाताहरूको कुल संख्यामा मेल नखाएको उनीहरूको तर्क छ ।
नसिद गुटले पनि चुनावमा धाँधली भएको आरोप लगाएको छ।
आगामी राष्ट्रपति चुनावका लागि एकजुट हुन अपिल गरेका छन् ।
ताजा अपडेट
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै


प्रतिक्रिया