NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नाबालिग बलात्कार घटनामा एलओडीका दुवै सञ्चालक पक्राउ

काठमाडौं । ठमेलस्थित लर्ड अफ ड्रिंक्स(एलओडी) का दुवै सञ्चालक आज पक्राउ परेका छन् । १६ वर्षीया नाबालिग बलात्कार घटनामा सञ्चालकद्वय रूलिबल्लव सिंह र राजुसिंह सुवाल पक्राउ परेका हुन् ।

सुवाल बुधबार नै पक्राउ परेका थिए भने सिंहलाई आज विहान प्रहरीले कसपण्डोलबाट नियन्त्रणमा लिएको हो । उनीहरूविरुद्ध गत १३ असारमै पक्राउ पुर्जी जारी भएको थियो ।

पीडित किशोरीले किटानी जाहेरी दिएका आरोपित सुदक कोइरालालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिइकेको छ ।

कोइरालाले क्लबमा जाने व्यक्ति नाबालिग हुँदैनन् भनेर बयान दिएपछि प्रहरीले सञ्चालकमाथि पनि अनुसन्धान थालेको हो ।