NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

झण्डै १ हजार जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका झण्डै १ हजार जना इन्स्पेक्टरको सरुवा भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा सूची प्रकाशन गरेको हो ।

सरुवा सूची अनुसार किरण प्रकाश मल्ललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ पठाइएको छ ।

यस्तै अनिश भण्डारी जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु, अशोक मल्ल इलाका प्रहरी कार्यालय खजुरा पुगेका छन् ।

चन्द्र किशोर शाहलाई इलाका प्रहरी कार्यालय यदुकुवा धनुषामा सरुवा गर्दा आशिष् अधिकारी इलाका प्रहरी कार्यालय सुनवल पश्चिम नवलपरासी पुगेका छन् ।

यस्तै उज्ज्वल बहादुर सिंह इलाका प्रहरी कार्यालय भालुवाङ, र नवराज न्यौपाने जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड झापामा सरुवा भएका छन् ।