NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

गालेर सकियो तस्करीको अवैध ६० केजी सुन

काठमाडौं । तस्करीको सुन गालेर सकिएको छ ।

२८ दिन अघि त्रिभुवन विमानस्थलबाट भन्सार छलेर बाहिरिएको सुन आज बिहानबाट गाल्न सुरु गरिएको थियो ।

नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धा विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा मंगलबार बिहानबाट सुन गालेर सकिएको हो ।

यो सुन मोटरसाइकलको ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याइएको थियो । यसअघि हिजो ब्रेक प्याडबाट सुन छुट्याइएको थियो ।

त्यसपछि सुन ६० किलो सात सय ८९ ग्राम तौल भएको पत्ता लागेको थियो । यो सुनमा पनि गालेपछि अझै केहि मात्रा घट्न सक्ने अनुमान गरिएको थियो ।

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने छ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ । केही समयमा परिमाण सार्वजनिक गरिने जनाइएको छ ।