NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नार्कका पाँच वैज्ञानिक आन्तरिक परीक्षामै फेल !

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पाँच वैज्ञानिक आन्तरिक मूल्यांकन प्रक्रियामै अनुत्तीर्ण भएका छन् । १६ जनाको भने वैज्ञानिकबाट मुख्य वैज्ञानिकमा पदोन्नति भएको छ ।

नार्कले आन्तरिक मूल्यांकन पद्धतिअनुसार विभिन्न समूह र उपसमूहको मुख्य वैज्ञानिक पदमा बढुवाका लागि गत चैत ३ मा प्रक्रिया थालेको थियो । जसमा पाँच वैज्ञानिक अनुत्तीर्ण भएका हुन् ।

कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम १९ (ख) बमोजिम आवश्यक अंक प्राप्त नगरेकाले उनीहरूलाई बढुवाका लागि सिफारिस नगरिएको परिषद्को पदपूर्ति समितिले जनाएको छ ।

अनुत्तीर्ण हुनेमा प्लान्ट प्याथोलोजी, एग्रोनोमी, प्लान्ट ब्रिडिङ एण्ड जेनेटिक्स र लाइभस्टक प्रडक्ट, प्रडक्सन एण्ड मेनेजमेन्ट उपसमूहका छन् ।

१६ जना वैज्ञानिकको भने मुख्य वैज्ञानिकमा बढुवा भएको छ । बढुवा हुनेमा डा. अजय श्रीरत्न बज्राचार्यदेखि आशा रायमाझीसम्म छन् ।