NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

हर्क साम्पाङले आह्वान गरेको र्‍याली स्थगित

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आह्वान गरेको र्‍याली फिर्ता लिएका छन् ।

उनले आफैले भदौ १५ गतेका लागि आह्वान गरिएको र्‍याली ५ घण्टामै फिर्ता लिएका हुन् ।

यो र्‍यालीले धरानको सद्भाव खल्बलिने चिन्ताबीच उनले फिर्ता लिए । साम्पाङले मंगलबार सामाजिक सञ्जाल मार्फत विशेष कारण देखाउदै र्‍याली स्थगित गरिएको जनाएका छन् ।

फेशबुकमा उनले लेखेका छन्, ‘विशेष कारणले गर्दा भदौ १५ मा गरिने भनिएको र्‍याली स्थगित गरिएको सबैलाई जानकारी गराउँदछु ।’

यसअघि आजै मेयर साम्पाङले १५ गते र्‍याली आयोजना गरिएको बताउदै उपस्थितीका लागि आह्वान गरेका थिए । उनले देशमा व्याप्त भ्रष्टाचारविरुद्ध सचेतना र्‍यालीमा उपस्थित भइदिन सबै धरानबासीलाई अनुरोध गरेका थिए ।

उक्त र्‍याली धरान १३, जिरो पोइन्ट देखि भानुचौकसम्म दिउँसो १ बजेका लागि आह्वान गरिएको थियो ।

केही दिन अघि धरानमा एउटा समूहले गोरुको मासु खाएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि त्यहाँको महोल असान्त बन्ने स्थितीमा पुगेको थियो ।

प्रशासनले निषेधाज्ञसम्म लगाउनु परेको थियो । त्यसकाविरुद्ध हिन्दुहरुले शान्तीपुर्ण प्रदर्शन गरेका थिए । मेयर हर्क आफैले जनता भड्काइ रहेको आरोप उनलाई लागिरहेको छ ।