NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

कसैलाई किन जागिर छोड्न मन लाग्छ ?

एजेन्सी । करण सिंह जनवरी २०२० मा गुरुग्राममा एक परामर्श स्टार्टअपमा सामेल भए । यो उनको पहिलो काम थियो । उनी धेरै खुसी थिए । तर उनले केही हप्तामै काम छोड्ने निर्णय गर्नुप¥यो । करणका अनुसार सुरुमा उनलाई केही कुराले सताएको थियो । त्यसपछि वातावरण बिग्रन थाल्यो ।

‘ग्राहकको असन्तुष्टिलाई लिएर बैठक बसेको थियो । प्रबन्धकले समस्या समाधान गर्नुको सट्टा यस्तो अवस्था सिर्जना गरे कि टोलीका दुई सदस्यले एकअर्कालाई दोष दिन थाले’ उनी भन्छन्, ‘एकजना वरिष्ठ सहकर्मीले जागिर छोडे। कार्यालयको वातावरण तनावपूर्ण बन्यो । मैले पनि केही दिनमै राजीनामा दिएँ ।’

मानिसहरूले आफ्नो व्यक्तिगत र व्यावसायिक प्राथमिकताहरूलाई गहिरो रूपमा विचार गर्ने र खुसी नभएको काम छाड्न ढिलाइ नगर्ने गरेको पाइएको छ ।

चाँडै काम छोड्नुको कारण के ?

छोटो समयमा जागिर छोड्नुका धेरै कारणहरू छन् । जसमा हाकिमको बढ्दो निगरानी, जागिर अघि गरिएको वाचा पूरा नहुनु, कार्यालयको वातावरणमा समस्या आदि प्रमुख मानिन्छ ।

अमेरिकाको श्रम बजार अनुगमन गर्ने ब्यूरो अफ लेबर स्ट्याटिस्टिक्सका अनुसार अमेरिकामा काम गर्ने व्यक्तिको औसत कार्यकाल चार वर्षको हुन्छ । तर सेप्टेम्बर २०२२ मा लिंकडइनद्वारा गरिएको अनुसन्धान अनुसार धेरै कर्मचारीहरूले एक वर्ष अघि आफ्नो जागिर छोडेका थिए । यस्ता घटनाहरु अगस्ट २०२१ मा बढ्न थाले र मार्च २०२२ सम्ममा उचाइमा पुगेको थियो । यसको मतलब एउटै काममा धेरै वर्ष असन्तुष्ट भएर बिताउनुको सट्टा मानिसहरू अब छिटो काम परिवर्तन गर्दै छन् ।

किन हुँदैछ यस्तो ?

दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका अटल बिहारी वाजपेयी इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड इन्टरप्रेन्योरशिपका वनविज्ञानका सहायक प्राध्यापक जोशी लोहानीले बिबिसीसँगको कुराकानीमा व्यक्तिले काम गर्नु र छाड्नुका कारण खुलाएका छन् ।

उनी बीबीसीसँग कुरा गर्दै भन्छन्, ‘ यस्तो हुनुमा एक सकारात्मक भावना छ, जसलाई ‘वर्क फेमिली एरेजमेन्ट’ भनिन्छ । यसको मतलब तपाईले कामबाट केहि प्राप्त गर्दै हुनुहुन्छ जसले परिवारलाई समृद्ध बनाउँदैछ। चाहे त्यो पैसा होस् वा सकारात्मक सोच।’

उनका अनुसार कोही वातावरण राम्रो भएको र घर जाँदा पनि खुशी भएर जान सकिने ठाउँमा मान्छेले काम गर्न रुचाउँछ ।

दोश्रो कारण, ‘वर्क फेमिली कन्फ्क्टि’ अर्थात् द्वन्द्व भएको उनी सुनाउँछन् । वनविज्ञानका प्राध्यापक जोशी लोहनीका अनुसार यसले नकारात्मक भावना जगाउँछ र उनीहरु कामलाई बोझ मान्छन् र अफिसको निराशालाई घरमा लिएर घरपरिवारमा ध्यान दिन सक्दैनन् ।

उनी भन्छिन, ‘जब ‘वर्क फेमिली कन्फ्क्टि’ ‘वर्क फेमिली ऐरेजमेन्ट’ भन्दा बढ्छ तब मानिसहरू नयाँ कामको विकल्प खोज्न थाल्छन्।’

अमेरिकाको बोस्टन युनिभर्सिटीको क्वेस्ट्रोम स्कूल अफ बिजनेसका वरिष्ठ लेक्चरर मोसे कोहेन भन्छन्, ‘कर्मचारी र रोजगारदाताहरूबीचको सामाजिक सम्झौता अहिले टुट्दै गएको छ । अहिले कम्पनीहरूले आफ्ना कर्मचारीहरूको हेरचाह गरिरहेका छैनन् । कर्मचारीहरूले महसुस गर्छन् कि उनीहरूलाई अस्थायी आधारमा काममा राखिएको छ र जुनसुकै बेला निकाल्न सकिन्छ,’ उनले बीबीसीलाई भनेका छन्,‘यस्तो अवस्थामा उनीहरुले पनि रोजगारदाता कम्पनीलाई कुनै प्रतिवद्धता गर्दैनन् । उनीहरू यसको विकल्पामा जागिर खोज्दछन् ।’

कोहेनका अनुसार आजकल टाढाको काम अर्थात् घरबाट वा कहिँ पनि बसेर काम गर्ने प्रवृत्ति बढेको छ । योसँगै कर्मचारीले काम गर्दैनन् भन्ने चिन्ता पनि व्यवस्थापकहरूलाई छ ।

यस्तो अवस्थामा उनीहरुले थप निगरानी गर्न थाल्छन् । यसले प्रबन्धक र कर्मचारीबीचको विश्वासलाई कम गरिरहेको छ । कतिपय मानिसहरू यी परिस्थितिहरूमा झुक्दैनन् । आफ्नो अपेक्षा वा आवश्यकता अनुसारको काम नभएका वा राम्रो वातावरण नपाएको महसुस भयो भने तुरुन्तै त्यहाँबाट निस्किन्छन् ।

तत्काल काम छाड्नु कति ठिक ? 

काम ढिलो छाड्नुको सट्टा राम्रोसँग सोच बिचार गरेर चाँडो जागिर छोड्नु उचित निर्णय हुनसक्ने विज्ञहरू बताउँछन् ।

क्यालिफोर्नियाका पेपेरडाइन ग्राजिडियो बिजनेस विद्यालयमा व्यवहारिक विज्ञानका सहायक प्रोफेसर बबी थमसन भन्छन, ‘जब तपाईलाई लाग्छ कि कार्यालयको वातावरण ठीक छैन, त्यो जागिर छोड्नु एक विश्वस्त कदम हो । यदि कर्मचारीलाई कम्पनीमा नकारात्मक वातावरण धेरै भएको र त्यो स्थितिमा आफू अनुकुल नहुने जस्तो लाग्दा काम चाँडै छोड्नुपर्छ भन्ने कुरा बुझ्न सकिन्छ ।’ यस्तो काममा लाग्दा राम्रा अवसर पनि गुम्न सक्ने थमसन बताउँछन् ।

सुधारका लागि के गर्नुपर्छ ?

कम्पनीहरू सधैं नकारात्मक नै हुन्छन् भन्ने छैन । कर्मचारीहरूले तुरुन्तै काम छोड्नु कम्पनीहरूको लागि पनि हानिकारक हुन्छ ।

क्वेस्ट्रोम स्कूल अफ बिजनेसका लेक्चरर कोहेन भन्छन्, ‘केही मानिस आफ्नो आवश्यकता पूरा गर्ने चाहनामा निकै ‘अल्पकालीन’ बनेका छन् । अर्थात् उनीहरु सबै कुरा तत्कालै पाउन चाहन्छन्,’ उनी थप्छन्, ‘आर्थिक फाइदाबाहेक केही नयाँ सिक्ने र आफ्नो रोजाइअनुसार अफिसमा काम गर्ने लचिलोपन होस् भन्ने धेरैको चाहना हुन्छ ।

तर यस्तो अपेक्षा पहिलो दिनमा पूरा हुन सक्दैन। उनीहरू आइपुग्दा केही महत्त्वपूर्ण काम सुम्पिने वा सानो कमजोरी भएको हाकिमप्रति नराम्रो भन्ने धारणा राख्छन्। ’
कोहेने जागिर छोड्न नडराउन सल्लाह दिन्छन्। तर यसको लागि सहि समय पर्खनुपर्छ । हतारमा कुनै निर्णय गर्नुहुँदैन ।

प्राध्यापक लोहनी भन्छन्, ‘कम्पनीहरूले आफ्नो ‘रिटेन्सन रेट’ अर्थात् कर्मचारी निश्चित अवधिसम्म बस्ने दर र ‘एट्रिशन रेट’ अर्थात् काम छाड्ने दर कति हो भन्ने कुरा हेर्नुपर्छ । यसपछि मानवतावादी दृष्टिकोण अपनाएर अवधारण बढाउन आवश्यक परिवर्तन गर्नुपर्छ ।’