NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

मालपोतका पूर्वनासुले प्रहरीकै जग्गामा आँखा लगाएपछि..

काठमाडौं । प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोजेको आरोपमा मालपोत कार्यालयका पूर्व नासु पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काभ्रे, पनौतीका ६४ वर्षीय पुष्करबहादुर बस्नेतलाई मंगलबार पक्राउ गरेको हो । उनले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा कीर्ते कागजपत्रका आधारमा हत्याउने प्रयास गरेका हुन् ।

वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएकोमा बस्नेतले आफ्नो निजी दाबी गर्दै नक्कली कागजपत्र तयार पारेको प्रहरी दाबी छ । उनीविरुद्ध सिआइबीले किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको छ । बस्नेत मालपोतकै अवकाशप्राप्त नायब सुब्बा हुन् । उनले पेस गरेका कागजपत्र नक्कली भएको पुष्टि भएपछि पक्राउ गरी कारबाही अघि बढाइएको सिआइबीले जनाएको छ ।
बस्नेत, मालपोत कार्यालय काभ्रेका पूर्वकर्मचारी हुन् । मालपोतमै हुँदा उनले कीर्ते कागजपत्र बनाएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष