प्रहरीको गोली लागेर एकको मृत्यु

काठमाडौं । बारामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएकी लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिने– नदिने दुई पक्षबीच झडप भएपछि प्रहरीले गोली चलाएको थियो । नगर प्रमुख किशोरी साहको गाडीमा चढेर आएका मिश्रलाई हाजिर गराउन खोज्दा कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।
प्रतिक्रिया