उमेरविवादमा मुछिएका सिग्देलको रथीमा बढुवा

काठमाडौं । उमेरसम्बन्धि विवादमा मुछिएका नेपाली सेनाका उपरथी अशोक सिग्देलको रथीमा बढुवा भएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनको बढुवा गरेको हो ।
बढुवासँगै उनी नौ महिनापछि प्रधानसेनापतिको दाबेबार बनेका छन् ।
यसअघि रथीमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डेले जन्ममितिकै विवादपछि राजीनामा दिएका थिए । उनको राजीनामाले सिग्देलको भाग्य खुलेको हो । सिग्देलमाथि दुई वर्ष उमेर सच्याएको आरोप छ । जसमा विभिन्न निकायले छानबिन गरिरहेका छन् ।
प्रतिक्रिया