NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

जापानको ’जोजिरुशी’ ब्रान्डका उत्पादन नेपालमा

काठमाडौँ । एक सय वर्ष पुरानो जपानी कम्पनी ‘जोजिरुशी’ का उत्पादनहरू नेपाली बजारमा बिक्री सुरु भएको छ। आफ्नो ट्रेड कन्सर्न प्रालिले ‘जोजिरुशी’ का उत्पादनहरु नेपालमा भित्राएर बिक्रि सुरु गरेको हो ।

आफ्नो ट्रेड कन्सर्नले जोजिरुशीका उत्पादनहरु विक्री गर्न सोमबारबाट ललितपुरको पुल्चोकमा रहेको लबीम मलको एल–६ मा स्टोर सञ्चालनमा ल्याएको छ। उक्त स्टोरमा उपभोक्ताहरुले आफैले समान निरीक्षण गर्न र समानहरु प्रयोगको बारेमा स्टोरमा कार्यरत कर्मचारीबाट आवश्यक जानकारी लिन सक्ने आफ्नो ट्रेड कन्सर्नले जानकारी दिएको छ।

जोजिरुशीका मुख्य उत्पादनहरुमा राइसकुकर, ब्रेडमेकिङ्ग मेशिन,पानी खाने बोतल, भ्याकुम इन्सल्टेड मग र बोतल, जार लगायतका रहेका छन्। लामो इतिहास बोकेको कम्पनीबाट उत्पादित प्रडक्टहरु गुणस्तरीय, स्वास्थमैत्री र टिकाउ रहेको आफ्नो ट्रेड कन्सर्नले जनाएको छ।


यसका उत्पादनहरु जापान, अमेरिका, सिंगापुर, यूरोपलगायत विश्वका प्रमुख बजारहरुमा समेत उपलब्ध छन्। आफ्नो ट्रेड कन्सर्नले हाल बिभिन्न प्रकारका राइसकुकर, ब्रेडमेकिङ्ग मेशिन लगायतका सामाग्री आयात गरि नेपाली उपभोक्तालाई उच्चगुणस्तरका बस्तुहरुको बिक्रिवितरण सुरु गरेको जानकारी दिएको छ।

सन् १९१८ मा स्थापना भएको जोजिरुशीले सुरुमा व्याकुम इन्सुलेसन बोटलहरुको निर्माण गरेर आफ्नो यात्रा सुरु गरेको थियो। आफ्ना उत्पादनहरुमा विविधता थप्दै जोजिरुशीले राइस कुकर, ब्रेडमेकिङ मेशिन र आधुनिक समाजका लागि चाहिने अन्य किचन अप्प्लाइन्सेसहरुको उत्पादन गर्दै आएको छ ।