सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौैं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई दोषी ठहर गरेको हो ।
सजाय भने अर्काे दिन तोकिने भएको छ । यसअघि जिल्ला अदालतले उनलाई थुनामा पठाएकोमा उच्चले २० लाख धरौटीमा छाडेको थियो । ५ भदौ २०७९ मा गौशालाको होटलमा एक फ्यानलाई बलात्कार गरेको अभियोग उनीमाथि छ । २० असोजमा उनी पक्राउ परेका थिए ।
उनलाई १० देखि १२ वर्ष कैद सजाय हुनसक्छ । आगामी पुस २५ गते सजाय निर्धारण हुने भएको छ ।
प्रतिक्रिया