NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चार करोडको जग्गा हिनामिना मुद्दामा ८ जनालाइ सफाइ

काठमाडौैं । साझा भण्डार सहकारी संस्थाको जग्गा बिक्रिमा भएको अनियमिततासम्बन्धि भ्रष्टाचार मुद्दामा आठ जनाले सफाइ पाएका छन् । गत साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिशेष अदालतले बिहीबार फैसला सुनाएको हो ।

सहकारीका तत्कालिन अध्यक्ष जयकुमार खड्का तथा सञ्चालकहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर,योगेन्द्रनाथ कर्माचार्य, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र महाप्रबन्धक अमर थापालाई प्रमुख प्रतिवादी बनाइएको थियो । बिना प्रतिस्पर्धा जग्गा बिक्रि गर्दा ठूलो नोक्सान भएको अख्तियारको दाबी थियो ।

उनीहरुले सुर्खेत र कोहलपुरको जग्गा अत्यन्त कम मूल्यमा बिक्रि गरी संस्थालाई ४ करोड ४ लाख २४ हजार नोक्सानी पुर्याएको अख्तियारको दाबी थियो । यसमा जग्गा किन्ने सुरोज गिरी र गीताकुमार शाहीलाई समेत आयोगले प्रतिवादी बनाएकोमा उनीहरुले पनि सफाइ पाएका छन् ।