NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रहरी बढुवामा गृहमन्त्रीले सुधारे कमजोरी, सिनियर डिआइजीको बढुवा

काठमाडौं । एसपी र डिएसपी बढुवा विवादमा परेपछि गृह मन्त्रालयले एआइजी बढुवा भने निष्पक्ष गरेको छ । सिनियर डिआइजीद्वय उमेशराज जोशी र भिम प्रसाद ढकाल बढुवा सिफारिस भएका छन् ।
एआइजीद्वय सन्दीप भण्डारी र मिरा चौधरी अवकाश पाएर रिक्त हुने पदमा उनीहरुको बढुवा सिफारिस भएको हो । पद रिक्त हुनुभन्दा अघि नै बढुवाको सिफारिस गरेर यसपटक गृह मन्त्रालयले बढुवामा अनावश्यक चलखेल हुन पनि दिएन । बढुवा सिफारिस भएका दुवै जना व्यवसायिक अधिकृत मानिन्छन् ।
अब गृहमन्त्रीको परीक्षा डिआइजी बढुवामा छ । डिआइजीका तीन पद रिक्त हुँदैछन् । जसमा वरियताका आधारमा गरे कृष्णहरी शर्मा पोखरेल, भोला रावल र धुव्र राउत छन् । उनीहरुपछिको ब्याचबाट प्रहरीको महानिरीक्षक बन्ने भएकाले उनीहरु पनि बढुवाको लागि दौडधपुमा लागेका छन् ।