NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

महेश बस्नेतलाई प्रहरीको ‘क्लिनचिट’

काठमाडौं । एमाले नेता महेश बस्नेतले बलात्कार मुद्दामा प्रहरीबाट क्लिनचिट पाएका छन् । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ ।
एमालेकै एक नेतृले बस्नेतविरुद्ध बलात्कार, भ्रुण हत्या र डकैतीको जाहेरी दिएकी थिइन् । बस्नेत र ती महिला लिभिङ टुगेदरमा बस्दै आएको र पछि सम्बन्ध बिग्रिएपछि उजुरी दिएको पाइएको एक प्रहरी अधिकारीले बताए । बलात्कारको पर्याप्त प्रमाण नभएको निष्कर्ष निकालिएको छ ।