NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १३ गते

सरकारद्वारा विभिन्न देशमा राजदूत सिफारिस

काठमाडौं । सरकारले भारतसहित विभिन्न देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिको सिफारिस गरेको हो।
भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरिएको छ ।

अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेको सिफारिस भएको छ । दक्षिण कोरियामा सुशील प्याकुरेल, सुम्निमा तुलाधर डेनमार्क, विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, डा नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन्।

हाल ११ देशमा राजदूत रिक्त रहेकोमा एमालेले ८, रास्वपाले दुई र माओवादी केन्द्रले एक राजदूत नियुक्त गर्ने गरी भागबन्डा भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष