रास्वपाले भन्यो– पर्सिको संसद् बैठक सामान्य हुनेछैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंगलबार (जेठ १३ गते)को संसद् बैठक सामान्य नहुने बताएको छ । आइतबार केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
“कसैलाई अभियुक्त बनाएकै आधारमा थुनामा हालिएको छ । तर, कसैलाइ आरोप लागेपछि प्रमाणित भएमात्र राजीनामा दिनुपर्ने ?,” दोहोरो मापदण्ड हुन नहुने भन्दै झाले भने, “कि नयाँ पार्टीकालाई आरोप लागे पुग्ने, पुराना पार्टीकालाई प्रमाणित हुनुपर्ने हो ?”
उनले संसद्को आगामी बैठक सामान्य नहुने बताए । “म तपाईहरूलाई रास्वपाले के गर्छ भनेर अहिले नै भन्न चाहन्न“तर, यति चाहिँ भन्छु– पर्सिको बैठक सामान्य हुनेछैन ।”
रास्वपाले गृहमन्त्री रमेश लेखक विवादमा मुछिएको विषयलाई लिएर संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया