भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता

काठमाडौँ- कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोरमा भएको तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले १५ चैतको उक्त घटनामा कुल ४० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
थप ११ जनाविरुद्ध भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव, अन्नपूर्ण पोष्टलगायतबाट परेको जाहेरीका आधारमा छुट्टै मुद्दा दर्ता गरिएको हो ।
मुद्दा दायर हुनेहरूमा श्रवणकुमार लामा(२९), समीर मगर (२१), रविरञ्जन कुमार सिंह (२०), एलिसा राई भनिने लक्ष्मी राई (४०), आशिककुमार महतो (२०), गोविन्द राय (१९), सुशीला कुमाल (४४) निर्मला कार्की (३९), प्रेमकुमार महतो (२४), राधेश्याम यादव (१९) र दिनेश महतो (२०) रहेका छन् । प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको छ ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया