NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

युवा संघमा ३९९ जनाको प्यानलगत भिडन्त, कसको टिममा को ?

काठमाडौं । सहमतिमा उम्मेदवार चयन गर्ने कोशिस असम्भव भएपछि राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि अहिले बिहान ८ बजेदेखि मतदान हुँदैछ । मतदानको समय बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म रहेको छ ।

आइतबार रातिसम्म उम्मेदवारी मनोनयन सकिसकेको छ । पदाधिकारीका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले प्यानलसहित उम्मेदवारी दिएका छन् । दुई प्यानलै चुनावी प्रतिस्पर्धामा जाँदा नेतृत्व, पदाधिकारी र सदस्यमासमेत गरेर ३९९ जनाको उम्मेदवारी परेको छ ।

पदाधिकारी ९ जनासति १५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा ३९९ जनाको उम्मेदवारी परेको हो । अध्यक्षमा क्षितिज थेबेलाई नै दोहोर्‍याउन दबाब र प्रयास गरिएको भए पनि निवर्तमान सुमन पुरी पछाडि नहट्दा प्यानलै मतदानमा जाने गरी मनोनयन भएको हो । निवर्तमान अध्यक्ष थेबेको पक्षबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । गुरुङ अध्यक्षका दाबेदार थिए । त्यस्तै थेवेको प्यानलबाट महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाहीको उम्मेदवारी परेको छ ।

क्षितिजको प्यानलबाट खुला सचिव मदन भण्डारी, देबु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन् । त्यस्तै, आयोग अध्यक्षहरूमा लेखा आयोगमा किसुन जैशी, निर्वाचन आयोग मदन गिरी, अनुसशान आयोगमा मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा तय भएका छन् ।

पुरीको टीमबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतमको उम्मेदवारी परेको छ भने महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा उम्मेदवार छन् । त्यस्तै सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी परेको छ भने महिला सचिवमा रेशु तामाङ र मधेशीतर्फ चितरन्जन यादवले उम्मेदवारी दिएका छन् । पुरीको प्यानलबाट आयोग अध्यक्षतर्फ निर्वाचन आयोगमा शिव रिमाल,लेखा आयोगमा विक्रम गुरुङ, अनुसशान आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषदको अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषको उम्मेदवारी परेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष