NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

प्रतिपक्षीले संसद् अवरुद्ध गरेपछि दलहरूसँगको छलफलमा जुटे सभामुख

काठमाडौं– प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरे दलहरूसँग छलफलमा जुटेका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण अवरुद्ध भएको बैठक सुचारुका लागि सभामुखको कार्यकक्षमा छलफल चलिरहेको छ ।

‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

निर्धारित आधा घण्टापछि पनि बैठक सुचारु गर्ने वातावरण नबनेपछि संसद् सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसो २ः३० बजेसम्मका लागि पर धकेलेको थियो ।

तर, निर्धारित समयमा पनि बैठक बस्ने अवस्था नदेखिएपछि सभामुख घिमिरे अहिले दलहरूसँग छलफलमा जुटेका उनको सचिवालयले जनाएको छ ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष