रहेनन् डा. दुमनसिंह थापा
काठमाडौं । सभासद् तथा नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनिसिंह थापाको निधन भएको छ ।
राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
थापा मिर्गौला रोगबाट पीडित थिए । केही समयअघि मात्रै उनको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।
थापा पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँचीबाट विजयी भएका थिए । एमालेमा लामो समय आबद्ध उनले विभाजनसँगै माधवकुमार नेपाल समूह राेजेका थिए । एकीकृत समाजवादीमा उनको भूमिका केन्द्रीय निर्वाचन आयोग सदस्यको थियो ।
थापा मेगा बैंकका संस्थापक तथा पूर्व सञ्चालक हुन् ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया