NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

भारतीय गाडीमा ठक्कर खाँदा एम्बुलेन्सका बिरामीको मृत्यु

बिरामी बोकेको एम्बुलेन्सलाई भारतीय नम्बर प्लेटको लहरीसँग ठोक्किंदा विराटनगरमा एक जनाको मृत्यु भएको छ । सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स बिहान १ बजेतिर एनएल ०१ एल ०३३६ नम्बरको लहरीसँग ठोक्किएको थियो । ठोक्किएर दुर्घटनामा पर्दा विरामी बोकेको एम्बुलेन्स क्षतविक्षत भएको र विरामीको मृत्यु भएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिए। बिग्रिएपछि कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित सडकमा रोकेर राखेको लहरीमा तीव्र गतिमा रहेको एम्बुलेन्स पछाडिबाट ठोक्किएको खुलेको छ। दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको एसपी खड्काले बताए। प्रहरीका अनुसार मृतक मण्डल दमका पुराना रोगी रहेको खुलेको छ। एक्कासि दमले च्यापेपछि बीपी आइडोलोजी सोसाइटी राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै गरेका बिरामीको दुर्घटनामा परेर मृत्यु भएको जानकारी खड्काले दिए।