नेकपा विवाद : सचिवालय बैठक एक घण्टा धकेलियो
काठमाडौं । नेकपाको सचिवालय बैठक एक घण्टा पछाडि सारिएको छ । आज दिउसो बालुवाटारमा १ बजेलाई बोलाइएको बैठक २ बजेलाई सारिएको जानकारी नेकपा अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिए । नेकपा अध्यक्षद्वयको प्रस्तावपछि आन्तरिक मतभेद चर्केर गएको छ । दुई पक्षबीच मंगलबारको बैठकमा घम्साघम्सी नै परेको थियो । ओलीले प्रचण्डको प्रस्तावमा छलफल नै हुन नसक्ने भन्दै सचिवालय बैठकमा नै नआउने चेतावनी मंगलबार दिएका थिए । तर, प्रचण्ड–नेपाल पक्षले पार्टीका औपचारिक बैठकलाई बेवास्ता नगर्न ओलीलाई चेतावनी दिएका थिए । ओलीले सचिवालय बैठक नै सारेर अनौपचारिक संवादबाटै निकास खोज्न गरेको आग्रहप्रति इतर पक्ष आक्रोसित छन् । अनौपचारिक संवाद गर्न सकिने तर पार्टीका औपचारिक फोरमबाट आवश्यक निर्णय लिनुपर्नेमा उनीहरु छन् । सचिवालयमा आफू अल्पमतमा परेपछि ओलीले बैठक टार्ने र लम्ब्याउने गर्दै आएका छन् । यस अघि पनि ओलीले नै समय मागेपछि प्रस्ताव तयार गर्न उनलाई १० दिनको समय बैठकले दिएको थियो ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया