NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

सरकारले किसानका उत्पादनको बजार सुनिश्चत गर्ने मन्त्रीको दाबी

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका बजारको सुनिश्चितता सरकारले गर्ने बताएकी छिन् । शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका उत्पादनको बजार सुनिश्चितता गरिने बताएकी हुन् । सरकाले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको बिक्री तिनै बिक्री केन्द्रबाट सुनिश्चित गरिने उनको भनाई छ । यस्तै किसानहरुले उत्पादन गरेका वस्तु बिक्री गर्न सहकारीहरुले आफै बजारको स्थापना गर्नुपर्नेमा उनले जोड दिइन् । यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुने पनि बताए । अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले विचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दुरी कम गर्ने अभियान शुरु भइसकेको उनको भनाई छ । सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन् । सहकारी बजारलाई आधुनिक र गुणस्तरीय बनाउँदै लैजाने पनि मन्त्री अर्यालको भनाई छ । सहकारी बजारको आफ्नै कोल्ड स्टोर स्थापना गर्ने, विषादीको परीक्षण गर्न प्रविधिको व्यवस्था गरी उपभोक्तालाई स्वस्थ्य खाद्य वस्तु उपभोग गर्ने वातावारण निर्माण गरिने पनि उनले बताइन् ।