कोरोना संक्रमित प्रदेश १ का प्रदेश प्रमुख प्यासीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । कोरोना संक्रमित प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई उपचारका लागि काठमाडौं ल्याइएको छ । शुक्रबार उनीसहित पत्नीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । प्यासीलाई गत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनी होम हाइसोलेसनमा थिए ।
प्रतिक्रिया