आफूविरुद्धको मुद्दामा प्रधानमन्त्री र अदालतको अमूल्य समय खेर जाने भन्दै ओलीको आपत्ति [पूर्णपाठ]

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध अदालतको मानहानी सम्बन्धी परेको मुद्दाप्रति नै आपत्ति जनाएका छन् । सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बुझाउँदै ओलीले आफूले बोलेका विषयमा फुलबुट्टा भरेर मुद्दा हालिएको भन्दै ओलीले अनावश्यक रुपमा अदालतको समय मात्रै बर्बाद पारेको लिखित जवाफमा बताएका हुन् । ‘संविधानद्वारा प्रदत्त मौलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिइएको भन्ने दाबी निराधार तथा असान्दर्भिक छ’ ओलीले अदालतमा बुझएको लिखित जवाफमा उल्लेख छ, ‘सस्तो लोकप्रियताको लागि प्रत्यर्थी कायम गरी मुद्दा गर्ने जुन आम प्रचलन देखिन्छ त्यसमा भने नियन्त्रण हुन जरुरी देखिन्छ । हुँदै नभएको वा एक अर्थमा बोलेका कुरा शब्दलाई अर्को अर्थ लगाई बग्याई अदालतको अवहेलना जस्तो व्यक्तिगत दायित्वको मुद्दा दायर गर्नु आर्फैमा आपत्तिजनक छ ।’ तथ्यहीन र चर्चामा आउने उद्देश्यले गरिएका निवेदनले देशको कार्यकारी प्रधानमन्त्री र अदालतको अमूल्य समय खेर जाने पनि ओलीको जवाफमा उल्लेख छ । ‘यस्ता तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जाने मात्रै होइन सम्मानित अदालतको अमूल्य समयसमेत खेर जान्छ’ ओलीको जवाफमा उल्लेख छ, ‘नागरिकका हक अधिकारसँग जोडिएका अन्य मुद्दामा खर्चिनुपर्ने सम्मानित अदालतको समय र स्रोत यस्ता मुद्दामा खर्च हुन जाँदा न्याय सम्पादनमा प्रतिकूल प्रभाव पार्दछ ।’ आफू पाँच दशकदेखि विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, समतामूलक समाजको पक्षमा उभिंदै १४ वर्ष जेलमा बसेको व्यक्ति हुँ भन्दै ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडि रहेको उनको भनाई छ । आफूले आफ्ना विचार राखेको भन्दै ओलीले कुनै व्यक्ति विशेष वा कानुन व्यवसायीको नाम लिएर वक्तव्य नदिएको पनि प्रष्ट्याएका छन् । ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल र तामाशा गर्न गएको भन्दै गरेको टिप्पणीमा अदालतको अवहेलना भएको, कानुन व्यवसायीको मानमर्दन भएको भन्दै ओलीविरुद्ध अवहेलना मुद्दा परेको थियो । गत ११ माघमा अधिवक्ता कुमार शर्मा आचार्य र कञ्चनकुमार न्यौपानेले ओलीविरुद्ध अवहेलनाको मुद्दा हालेका थिए । सोही रिटमा १५ माघमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ दिन प्रधानमन्त्री ओलीका नाममा आदेश दिएको थियो । तर, आदेशको झण्डै २० दिनपछि ओली अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएका हुन् । अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीले अदालतमा पुगेर बुझएको लिखित जवाफको पूर्णपाठ
ताजा अपडेट
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
-
पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य
-
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेट
प्रतिक्रिया